चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते
फाइल तस्बिर
कञ्चनपुर- चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते भएका छन् ।
जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी चट्याङ लागेर घाइते भएका हुन् । घाइते दुवै आमा छोरीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आज (सोमबार) खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुवै आमा–छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया