मनास्लु पुगेका तीन पर्यटक बिरामी, हेलिकप्टरमार्फत उद्धार
फाइल तस्बिर
गोरखा- उत्तरी गोरखाको मनास्लु क्षेत्र पुगेका तीन पर्यटक बिरामी परेका छन् । बिरामी भएका तीन जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
मंगलबार एयर डाइनेस्टीको हेलिकप्टरमार्फत उनीहरूलाई उद्धार गरी काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
सिरानचोक गाउँपालिका-३ हर्मीका बसन्त घिमिरे, चितवन भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको उद्धार गरिएको बताइएको छ ।
मनास्लु क्षेत्रको पदयात्रामा रहेका उनीहरू चुमनुव्री गाउँपालिका–१ साम्दो पुगेपछि लेक लागेर बिरामी भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया