समाज

इजरायलबाट उद्धार गरिएका १८ जना नेपालीहरु भारत हुँदै नेपालका लागि उडे

इकागज |
असोज ३०, २०८० मंगलबार २१:१० बजे

काठमाडौँ - इजरायलबाट उद्धार गरिएका १८ जना नेपालीहरू नेपाल उडेका छन् । उनीहरू भारत हुँदै नेपालका लागि आज उडेका हुन् । फर्कनेहरूमा ४ जना विद्यार्थी, १३ जना कामदार र १ जना पर्यटक भिसामा आएकाहरु रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । 

 इजरायलको तेल अविवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार दिउँसोको २ः५५ बजे उनीहरू उडेको दूतावासले विज्ञप्ति जारीगर्दै जानकारी दिएको छ । 


भारतीय दूतावाससँगको समन्वयमा उनीहरू स्पाइसजेट एयरलाइन्सबाट नयाँदिल्ली र भारतस्थित नेपाली दूतावासको समन्वयमा दिल्लीबाट काठमाडौँ आउनेछन् । 

सो घटनामा परी निधन भएकामध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी २/३ दिन भित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ भने अन्य शवको पहिचानको काम भइरहेको  दूतावासद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ । 

सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य भइरहेको जनाइएको छ । 


Author

थप समाचार
x