समाज

दसैँमा दलित परिवारलाई घर हस्तान्तरण

इकागज |
कात्तिक १, २०८० बुधबार १२:४० बजे

सिराहा । सिराहाको कर्जन्हा नगरपालका–४ स्थित भुल्केमा दश दलित परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । नगरपालिका र भवानी एकीकृत विकास केन्द्रको सहयोगमा तीन कोठा र एक शौचालयसहितको घर हस्तान्तरण गरिएको हो ।    
    
सुरुवातमा दश घर हस्तान्तरण गरिए पनि निर्माणको क्रममा रहेका अन्य ५५ घर दलित परिवारलाई हस्तान्तरण गरिने नगर प्रमुख भोलाप्रसाद पोखरेलले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई पालिकाले केन्द्रसँग समन्वय गरी पक्की घर निर्माण गरेको उनको भनाइ थियो ।    
    
“नमुना बस्तीकारुपमा विकास गर्ने योजना अनुसार दलित परिवारका लागि पक्की घर बन्दैछन् । पहिलो चरणमा १० परिवारलाई घर हस्तान्तरण गरिएको छ”, नगर प्रमुख पोखरेलले भने, “बाँकीका लागि ५५ घर निर्माणको क्रममा छन् । छिट्टै नवनिर्मित घर हस्तान्तरण गरिने छ ।”    
    
आर्थिक रुपमा कमजोर रहेका दलित वर्गको उत्थानका साथै उनीहरुको सहज जीविकोपार्जनका लागि नगरपालिकाले क्रमिक रुपमा कार्य गर्दै आएको उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले बताइन्।    
    
यहाँका दलित परिवारले पक्की घर पाएपछि नगरपालिका र संस्थाका प्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दै खुसी मनाएका छन् ।



Author

थप समाचार
x