समाज

एक युवाको निधनपछि बसाइँ सरे राउटे समुदाय

इकागज |
जेठ १६, २०७८ आइतबार १५:१ बजे

सुर्खेत  : लोपोन्मुख राउटे समुदायका युवा शिवराज शाहीको निधन भएपछि उनको समुदाय नै बसाइँ सरेको छ । शाहीकाे निधनपछि गाउँलेहरू गुर्भाकोट नगरपालिका-११ स्थित आपसोतीमा बसाइ सरेका हुन् ।  गुर्भाकोट वडा नम्वर १० मा बस्दै आएका राउटे शुक्रबार बसाइँ सरेका हुन् ।

अत्यधिक मदिरा सेवनका कारण राउटे युवाको निधन भएको उक्त समुदायमा कार्यरत अहेव तिलक विसीले जानकारी दिए । ‘राउटे समुदायका युवा शिवराजले मदिरा सेवन गरिरहन्थे केही दिनअघि छाती दुखेको भनेका थिए’ अहेव विसीले भने, ‘एक्कासी उनको मृत्यु भयो । सायद मुटुको समस्याले पनि उनको मृत्यु भएको हुनसक्छ ।’  राउटे समुदायमा कसैको मृत्यु भएमा बसाई सर्ने चलन रहेको छ । 


राउटे युवाको मृत्युपछि दैलेखको गुराँस गाउँपालिकाले उक्त समुदायमा कोभिड परीक्षण पनि गराएको छ । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले एक सय ४६ जनाकाे नै पीसीआर रिपोर्ट नेगेटिभ आएको बताए । यस्तै, समाजिक सेवा केन्द्र (सोसेक) को आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा खाद्यन्न वितरण पनि भएको छ । त्यसैगरी संस्थाले  राउटे बस्तीमा स्वास्थ्यकर्मी र शिक्षकसमेत परिचालन गरेको छ ।  


Author

थप समाचार
x