देउडा संस्कृतिको संरक्षणका लागि हुम्लामा देउडा प्रतियोगिताको सुरुवात
फाइल तस्बिर
काठमाडौँ- देउडा संस्कृतिको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा प्रतियोगिता सुरुवात गरेको छ । गत वैशाख १ गतेदेखि देउडा, ढाल, दमाया लगायतका संस्कृति संरक्षणका लागि देउडा प्रतियोगिता सुरु गरिएको हो ।
देउडा संस्कृतिमा नयाँ पुस्ताको रुची नदेखिएपछि गाउँका स्थानीयहरूले देउडा संस्कृति मञ्च नै गठन गरी प्रतियोगिताको शुभारम्भ गरेका हुन् । यही वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ । प्रतियोगिता हेर्न टाढा टाढादेखि सबै वर्ग र तहका स्थानीहरू भेला हुने गर्दछन् । पश्चिमेली संस्कृतिको दबाबमा नेपाली संस्कृति लोप हुँदै गएपछि आफ्नो संस्कृति जगेर्नाका लागि स्थानीय बुढापाकाहरू एकजुट भएका हुन् । देउडा गीतमा पहिला पहिला रामायणका रामसीताको चरित्र, महाभारतको गाथा, प्रकृतिको बयानगाथा, मायापिरती, दुःख वेदनाका गीतहरू गाइने गरिन्छ ।
सुदूरपश्चिमका युवा जनशक्तिहरू आफ्नो संस्कृति छोडेर बाह्य संस्कृतिसँग आकर्षित हुँदा देउडा पनि लोप हुँदै गएकाले आफूहरूले युवाहरूको आकर्षण बढाउन प्रतियोगिता नै गर्ने निर्णय गरेको देउडा संस्कृति संरक्षण मञ्चका अध्यक्ष तीर्थराज रोकायले बताए । अहिलेसम्म संस्कृति संरक्षण अभियानमा ९४ जना सदस्य जोडिसकेको बताए ।
संस्कृतिको संरक्षणका लागि कर्णाली प्रदेशमा देउडा प्रतिष्ठान गठन भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया