समाज

कंगोमा मृत्यु भएका सैनिकको उदयपुरमा अन्त्येष्टि

इकागज |
कात्तिक ४, २०८० शनिबार १८:२० बजे

उदयपुर- संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा मृत्यु भएका एक सैनिकको शनिबार उदयपुरमा अन्त्येष्टि गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका १० निवासी प्युठ भुपजित राईको सैनिक सम्मानको साथ अन्त्येष्टि गरिएको हो ।

नरसिंहदल गण शान्ति सेना २९ औ डफ्फामा कार्यरत राईको असोज २६ गते कंगोमा मृत्यु भएको थियो । नेपाली सेना १८ नम्बर बाहिनी अड्डाका प्रमुख, सहायक रथी मनोजकुमार बैदवारले मृतक प्युठ भुपजित राईको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाएर सम्मान गरेका छन् । कङ्गोस्थित जिनामा कार्यरत राई बिरामी परेपछि तत्काल उपचारका लागि कंगोको बुनियास्थित अस्पताल लगिएकोमा निजको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको सहायक रथी बैदवारले जानकारी दिएयो ।


स्वर्गीय प्युठ भुपजित राईको शवलाई त्रियुगा नगरपालिका–११ रणशेर राई समाधिस्थल सेनाको टुकडीले अन्तिम सलामी दिएका थिए । मृतक राईको शव सैनिक हेलिकोप्टरद्वारा उदयपुर ल्याइएको थियो । 


Author

थप समाचार
x