समाज

सुनसान काठमाडौँ !

इकागज |
कात्तिक ५, २०८० आइतबार १५:३४ बजे

काठमाडौँ- ​दसैँमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान प्राय: देखिएका छन् ।

दसैँको सप्तमी दिन केही चहलपहल देखिए पनि अष्‍टमीका दिन राजधानीमा मानिसको चहलपहल न्यून देखिएको छ । नेपालीको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंँ सुनसान भएको हो । दसैँ मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौँका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैंजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् ।


सडकमा हिँडडुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन् ।


Author

थप समाचार
x