काठमाडौँका सडक प्रायः सुनसान
काठमाडौँ- बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधन पातलिएका छन् । स्थानीयहरू घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरू आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो ।
घटस्थापनादेखि नै मानिसहरू काठमाडौँबाट जान थालेका थिए । अघिल्लो शनिबारदेखि दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका थिए ।
नवमीमा दिन अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो । सडकमा निजी क्षेत्रका एकाध सवारी साधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले उपत्यकामा सवारी चाप अति कम रहेको र ट्राफिक व्यवस्थापनको स्थिति सामान्यतः रहेको जनाएको छ । नवमीका दिन आफ्ना सवारी साधनलाई धोइपखाली गरी पूजाआजा गरिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया