समाज

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान

इकागज |
कात्तिक ६, २०८० सोमबार २१:३० बजे

फाइल तस्बिर

फुङ्लिङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो ।

फुङ्लिङ–६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच  सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिए । उनका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ । आवश्यकताअनुसार सिसी क्यामेरा थप गर्ने योजना रहेको उनको भनाइ छ ।


यस्तै, सुकेटारमा फोहरमैला बिसर्जन गर्न ३०  डस्टविन (फोहर दानी) राखिएको पनि वडा कार्यालयले जनाएको छ । प्रायः आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुने गरेको छ ।


Author

थप समाचार
x