इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान
फाइल फोटो
काठमाडौं - इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ ।
मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका आनन्द साहको शव पहिचान भएको हो ।
तेल अबिबस्थित नेपाली दूतावासले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उनीहरुको शव पहिचान भएको र छिट्टै आवश्यक प्रक्रिया पुरा गरी स्वदेश पठाउने व्यवस्था मिलाइने उल्लेख छ ।
इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
बेपत्ता विपीन जोशीको खोजी भइरहेको पनि दूतावासले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया