चुल्होमा दाउरा सल्काउन पेट्रोल हाल्दा जलेर महिलाको मृत्यु
विराटनगर । ओखलढुङ्गाको मानेभन्ज्याङमा गए राति भएको आगलागीमा परेर एक जना महिलाको घरैभित्र मृत्यु भएको छ । मानेभन्ज्याङ गाउँपालिका-७ हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको भान्छाघरमा जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।
भान्साघरको चुल्होमा आगो बाल्न पेट्रोलियमजन्य प्रज्वलनशील पदार्थको प्रयोग गर्ने क्रममा अचानक आगलागी हुँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए ।
भान्छाघरको आगो स्थानीय र प्रहरीको सहायतामा नियन्त्रणमा लिइएको जनाइएको छ । आगो निभाउने क्रममा मृतककी देउरानी २७ वर्षीया जानुका गौतम समेत घाइते भएको प्रहरीले जनाएको छ । उनको बायाँ खुट्टाको केही भाग जलन भएकोले उपचारका लागि उदयपुरको घुर्मी लगिएको जनाइएको छ ।
आगलागीबाट भान्साघरमा रहेका भाँडावर्तन, खाद्यान्न समेत पूर्ण रुपमा जलेको जनाइएको छ । मृतक कमलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया