समाज

पूर्वबाल लडाकू लेलिन बिष्ट वीर अस्पतालमा ‘नजरबन्द’ मा

इकागज |
कात्तिक १४, २०८० मंगलबार १६:५३ बजे

फाइल फोटो

काठमाडौँ- पूर्वबाल लडाकू लेलिन बिष्टले आफूलाई वीर अस्पतालमा ‘नजरबन्द’ मा राखेको बताएका छन् । 

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसलाई बाल लडाकूको समस्याबारे ज्ञापनपत्र बुझाएका बिष्ट र भोजराज तिमल्सिनालाई वीर अस्पतालबाट प्रहरीले बाहिर निस्किन नदिएको उनले बताएका छन् ।


 छोराका हत्यारालाई कारबाहीको माग राखेर बर्षौंदेखि अनशनमा बस्दै आएकी गंगामाया अधिकारीलाई भेटेर फर्किने क्रममाा उनीहरुलाई प्रहरीले ‘माथिको आदेश’ भन्दै बाहिर निस्किन नदिएको हो । 

‘हामी वीर अस्पतालबाट गंगामाया अधिकारीलाई भेटेर निस्किन खोज्दा पौने ३ बजेदेखि म र भोजराज तिमल्सिनालाई प्रहरीले माथिको, प्रधानमन्त्रीको आदेश भन्दै निस्किन दिएको छैन,’ बिष्टले भने, ‘अहिले राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, इन्सेकका प्रतिनिधिहरु आएका छन् ।’
 न्यूज एजेन्सी


Author

थप समाचार
x