समाज

भर्‍याङबाट लडेर मृत्यु

इकागज |
कात्तिक १५, २०८० बुधबार १२:५ बजे

काठमाडाैँ – छतको भर्‍याङबाट ओर्लने क्रममा घाइते एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१० भत्केपाटीकी ६६ वर्षीय रत्नमाया दुवाल रहेकी  छिन् । 

दुवाल आफ्नै साढे २ तल्ले पक्की घरको छतको भर्‍याङबाट ओर्लने क्रममा अचानक लडेकी प्रहरी वृत जगाती भक्तपुरले जनाएकाे छ । 


आइतबार करिब ११:०० बजे  घाईते भएकी दुवालकाे उपचारका लागि छोराले ख्वप अस्पताल च्यामासिंह लगेका थिए । त्यसपश्चात थप उपचारको लागि मध्यपुर अस्पताल ठिमीमा रिफर गरिएकोमा उपचारकै क्रममा मंगलबार सांझ १८:१५ बजे मृत्यु भएको हाे ।

घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटाएर प्रारम्भिक अनुसन्धान भईरहेको  छ ।


Author

थप समाचार
x