रिगलको कैद मिनाहा बदर गर्न सर्वोच्चकाे आदेश
काठमाडौँ- जन्मकैदको सजाय पाएका रिगल भनिने योगप्रसाद ढकालको कैद मिनाहा दिने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएकाे छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्चको पूर्ण इजलासले परमादेश गरेको हाे । साथै इजलासले रिगललाई पुन: पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।
आफ्ना श्रीमान् चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया