समाज

वातावरण विभागले भन्यो : साउन १ गतेदेखि प्लाष्टिकको झोला बिक्री र प्रयोग नगर्नू

इकागज |
जेठ १७, २०७८ सोमवार १६:५१ बजे

काठमाडौँ : सरकारले आगामी साउन १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्‍टिकको उत्पादन, आयात तथा बिक्रीमा रोक लगाएको छ । सपिङ्गमल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानले प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजका झोला प्रयोग गर्नलाई वातावरण विभागले अनुरोध गरेको छ ।

'४० माइक्रोन भन्दा पातलो प्लाष्‍टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पार्टपूर्जा प्रतिस्थापन गरेर नयाँ जडान गरेमा अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । आ. व २०७८/०७९ को आय व्यायको सार्वजनिक बजेटमा उल्लेख गरिएको छ,'  विभागले जारी गरिएको विज्ञप्‍तिमा उल्लेख छ ।



Author

थप समाचार
x