बालिका बलात्कार आराेपमा तीनजना पक्राउ
सांकेतिक तस्बिर
काठमाडौँ- धनकुटा र झापाबाट बालिका बलात्कार आराेपमा तीन जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय रामबहादुर कटुवाल रहेका छन् । ती बालिकाको घरमा कोही नभएको अवस्थामा उनीहरूले सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यस्तै ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा मेचिनगर नगरपालिका-१५ भिन्डि बस्ती बस्ने २१ वर्षीय सुकलाल हस्दालाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोमाबार दिउँसो आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया