जिल्ला अदालतकाे आदेशपछि रिगल बाँके कारागार चलान
फाइल तस्बिर
नेपालगञ्ज- नेपालगञ्जका चेतन मानन्धनरका हत्या अभियुक्त रिगल भनिने योगराज ढकाललाई बाँके कारागार चलान गरिएको छ ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैदमाफी गरेका थिए । तर, उक्त निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरेपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
बिहीबार पक्राउ परेका उनलाई शुक्रबार बाँके जिल्ला अदालतमा पेस गरिएकोमा अदालतले कारागार चलान गरेको हो ।
रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग छ ।
हत्या आरोप पुष्टि भएका रिगललाई कैदमाफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया