भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म टेलिफोन र वाईफाई निःशुल्क
काठमाडौँ- सरकारले भुकम्प प्रभावित स्थानमा पाँच दिने निःशुल्क फोन, म्यासेज र इन्टरनेटको सुविधा उपलब्ध गराएको छ ।
गएराती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितलाई राहत उद्धारमा सहज होस भन्ने हेतुले सो सुविधा उपलब्ध गराइएको हो ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने र उक्त क्षेत्रमा सूचना आदान प्रदान गर्न निःशुल्क नेपाल टेलिकमको वाईफाई सञ्चालन हुने छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया