भूकम्पमा घाइतेका लागि सुर्खेतमा रक्तदानदेखि सहयोग संकलन
सुर्खेत- गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका व्यक्तिहरूको उपचारका लागि सुर्खेतमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी तथा अन्य संघ संस्थाहरूको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हाे । त्यसैगरी उद्योग वाणिज्य संघको अगुवाइमा राहत वितरणका लागि सहयोग संकलनका कार्यहरू पनि भइरहेको संघले जनाएकाे छ । उक्त भूकम्पमा परी एक सय ४० जनाको ज्यान गएको छ भने सयौंको संख्यामा घाइते भएका छन् ।
जाजरकोटमा घाइतेहरूको उद्धार कार्यका लागि सुरक्षा निकायका टोलीहरू पुगिसकेका छन् भने स्वास्थ्यकर्मीहरूको टोली पुगेर उपचारमा जुटिसकेका छन् ।
घाइतेहरूको उद्धार र राहतमा कमी हुन नदिन सबै सरोकारवालाहरूलाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आग्रह गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया