भूकम्प पीडितका लागि नेविसंघले सात लाख ११ हजार रुपैयाँको राहत कोष स्थापना गर्ने
काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भूकम्प पीडितका लागि सात लाख ११ हजार राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।
जाजरकोट र रुकुम पश्चिममा गत राति गएको भूकम्पका कारण मानवीय तथा भौतिक क्षति भएकाले शनिबार उपत्यकाभित्र उपस्थित केन्द्रीय सदस्यहरू मिलेर उक्त निर्णय गरेको नेविसंघका केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी गराए ।
७११ केन्द्रीय सदस्य भएको नेविसंघले प्रत्येक सदस्यबाट एक-एक हजार रुपैयाँ संकलन गरेर कुल सात लाख ११ हजार रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय भएको समेत अवस्थीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया