भूकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ प्रहरी परिचालित
फाइल फोटो
काठमाडौं - भूकम्प पीडितको उद्धारका लागि ८ सय ५९ जना परिचालन गरिएको छ ।
नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९ जना, चौरजहारी बेस क्याम्पबाट २० जना, नेपाल प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायब महानिरीक्षकको कमाण्डमा मेडिकल टोलीका ११ जना, सल्यान प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जना र इलाका प्रहरी कार्यालय बादेपीपल सुर्खेतबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ९ जना गरी ८ सय ५९ जना प्रहरी परिचालन गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया