समाज

अध्यक्ष तिमिल्सिनाको एक महिनाको तलब भूकम्प पीडितलाई

इकागज |
कात्तिक १८, २०८० शनिबार १७:३० बजे

 काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडितको सहयोगका लागि दिने भएका छन् ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन् ।


 शुक्रबार राति ११.४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको  भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ । 

अध्यक्ष तिमिल्सनाले प्राकृतिक विपत्तिको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुन:स्थापनामा  जुट्न आग्रहसमेत गरेका छन् ।


Author

थप समाचार
x