समाज

भूकम्प प्रभावित परिवारका लागि काठमाडौँबाट जिल्ला जान निःशुल्क बस

इकागज |
कात्तिक १८, २०८० शनिबार १८:४ बजे

काठमाडौँ- अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौँबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । 

पूर्व अरनिको यातायात प्रालिले आज जाजरकोट र रुकुमका लागि एक–एक वटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ ।


बस जडिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्ने छन् । भोलि बिहानका लागि पनि बसको व्यवस्था गरिएको छ । 

भोलि पृथ्वी यातायातले पनि एउटा प्रभावित परिवारका लागि निःशुल्क बसको व्यवस्था गरेको छ । जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x