समाज

अर्नाले भूकम्प पीडितहरूका लागि २५ लाख सहयोग उपलब्ध गराउने घोषणा

इकागज |
कात्तिक १८, २०८० शनिबार १८:२० बजे

काठमाडौँ- यति ब्रुअरी लिमिटेडले भूकम्प पीडितहरूका लागि सहयोगार्थ २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेकाे छ । आज सामाजिक सञ्जालमा एक पाेष्ट गर्दै अर्ना बियरले उक्त घाेषणा गरेकाे हाे । 

उसले भनेकाे छ, '​विपदको यस घडीमा सबैले आआफ्नो ठाउँबाट यथाशक्य सहयोग गर्नु हामी सबै नेपाली नागरिक तथा सङ्घ संस्थाहरूको सामूहिक जिम्मेवारी ठहर्दछ । अत: सबैको सहयोगको हातेमालोको अपेक्षा गर्दै यस यति ब्रुअरी लि. (अर्ना बियर ) ले पनि भूकम्प पीडितहरुको सहयोगार्थ रु. २५ लाख सहयोग उपलब्ध गराउने घोषणा समेत गर्दछौं ।'


यस्तै अर्नाले शुक्रबार मध्यरातमा जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाउने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेकाे छ ।

'शुक्रबारको मध्यरातमा जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्दछु । यति ब्रुअरी लिमिटेड परिवार,' उसले भनेकाे छ ।

 


Author

थप समाचार
x