सुदूरपश्चिम सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायाे
कैलाली- जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्प प्रभावित क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्यकर्मी र औषधीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।
आज बसेको प्रदेश सरकारको बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।
सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले स्वास्थ्य सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि जाने विशेषज्ञ चिकित्सक टोलीलाई बिदाई गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया