समाज

आगोले जलेर घाइते लक्ष्मीको उपचार खर्च सरकारले बेहोर्ने

इकागज |
जेठ १७, २०७८ सोमबार २०:१७ बजे

काठमाडौँ : डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले विज्ञप्ति जारी गरी  घाइते महिलाको उपचार खर्च सरकारले बेहोर्ने बताएका हुन् । 

 आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । काठमाडौँको कीर्तिपुर अस्पतालमा लक्ष्मीको उपचार भइरहेको छ । 


 विभिन्न सघसंस्थाको पहलमा गाउँबाट उद्धार गरेर आइतबार दिपायलको सुजंग अस्पतालमा भर्ना गरिएकी भाटको त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो ।  आफ्नै पसलमा सुतिरहेको अवस्थामा पहिचान नखुलेका व्यक्तिले मट्टितेल छर्केर आगो लगाएका थिए ।   


Author

थप समाचार
x