समाज

जाजरकाेट र रुकुमबाट आठजना घाइतेलाई काठमाडौँ ल्याइयो (सूचीसहित)

इकागज |
कात्तिक १८, २०८० शनिबार १९:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- भूकम्पमा परी घाइते भएका जाजरकाेट र रुकुमका आठ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । आज नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजबाट उनीहरूलाई ल्याएर ​महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएकाे छ ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।



Author

थप समाचार
x