समाज

कर्णाली प्रदेश सरकारलाई तत्काल एनसेलकाे ५० लाख रुपैयाँ सहयोग

तीन भूकम्प प्रभावित जिल्लाका सबै ग्राहकलाई ४० लाख रुपैयाँ ब्यालेन्स बराबारको निःशुल्क सेवा प्रदान

इकागज |
कात्तिक १९, २०८० आइतबार ११:१ बजे

काठमाडाैँ –​ एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै, तीन भूकम्प प्रभावित जिल्लाका सबै ग्राहकलाई ४० लाख रुपैयाँ ब्यालेन्स बराबरको निःशुल्क सेवा प्रदान गर्ने समेत एनसेलले जनाएको छ ।


एनसेलले विज्ञप्ति जारी गर्दै भन्याे, ‘ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रूकुम–पश्चिम र रूकुम–पूर्वमा रहेका ग्राहकहरूलाई ४० लाख रुपैयाँ ब्यालेन्स बराबरको सेवाहरू निःशुल्क उपलब्ध गराइने जानकारी गराउन चाहन्छौँ ।' साे कुरा एनसेलले आफ्नाे आधिकारिक फेसबुक पेजमा समेत उल्लेख गरेकाे छ ।

यसरी पाइने सेवाहरूमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका र यसकाे समयसीमा १५ दिन रहेकाे एनसेलले जनाएकाे छ ।


Author

थप समाचार
x