दुर्गा प्रसाई साइबर ब्युरोमा हाजिर
फाइल तस्बिर
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा हाजिर भएका छन् । सामाजिक सञ्जालमा विवादित व्यक्ति दिँदै आएका उनी आइतबार साइबर ब्यूरोमा हाजिर भएका हुन् ।
प्रसाइले सामाजिक सञ्जालमा बिना प्रमाणका कुराहरू बोलेकाले सोधपुछका लागि बोलाइएको ब्यूरोका एक प्रहरी अधिकारीले इकागजलाई जानकारी दिए ।
‘उनीसँग विभिन्न विषयमा एकदेखि डेढ घण्टासम्म सोधपुछ भएको थियो,’ उनले भने,’ बिना प्रमाणको कुराहरू उनले बोलेकाले सोधपुछका लागि बोलाइएको हो । अर्को पटक पुनः बोलाइन्छ र फेरि सोधपुछ हुन्छ ।‘
पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा २७ सय देखि ३ हजार करोड रुपैयाँ लगानी गरेको दाबी गरेका थिए । त्यसपछि उनलाई पक्राउ गर्नुपर्ने आवाजा एमालेबाट उठेको थियो । ओलीले प्रसाईंको भनाइको सार्वजनिक खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया