समाज

भूकम्प पीडितलाई पर्वतारोहण संघबाट ३१ लाख रुपैयाँ सहयोग

इकागज |
कात्तिक १९, २०८० आइतबार १७:४१ बजे

काठमाडौँ- नेपाल पर्वतारोहण संघले भूकम्प पीडितलाई  सहयोग पुर्याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ । संघको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्प पीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

संघको आन्तरिक स्रोतबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको संघका महासचिव मोहन लम्सालले जानकारी दिए । उनले प्रधानमन्त्रीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरिने बताए ।


बैठकले नेपालमा भूकम्प पीडितलाई सहयोग जुटाउन विश्वभरका अल्पाइन क्लबहरूलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।

यसैबीच आरजु राईस मिलले भूकम्प पीडित क्षेत्रका लागि पाँच सय बोरा चामल पठाएको छ । उक्त कम्पनीले विज्ञप्ति जारी गर्दै करिब दस टन चालम भूकम्प पीडित क्षेत्रमा पठाइएको जनाएको हो । आरजु राईस निजी क्षेत्रको ठूलो हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर मातहतको संस्था हो । 


Author

थप समाचार
x