गोबर ग्याँसको ट्याङ्कीभित्र चुरोट सल्काउँदा आगलागी
फाइल तस्बिर
मकवानपुर- हेटौंडामा गोबर ग्याँसको ट्याङ्कीभित्र बसेर चुरोट सल्काउन खोज्दा आगलागी भइ एक जना घाइते भएका छन् ।
घाइते हुनेमा हेटौंडा–६ हात्तिलेट बस्ने २६ वर्षीय समित राई रहेको मकवानपुरका प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आइतबार दिउँसो राई छिमेकीको गोबर ग्याँसको ट्याङ्की सफा गर्ने क्रममा ट्याङ्कीभित्र पसेका थिए ।
उनले गोबर ग्याँस ट्याङ्कीभित्र बसेर चुरोट सल्काउन खोज्दा शरीरमा आगलागी हुँदा शरीरको विभिन्न भाग जलेर घाइते भएको भण्डारीले बताए ।
घाइते राईलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालमा रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया