Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

भूकम्प पीडितलाई राधा माधव समिति र डिभाइन युथ क्लबको राहत

शुरज थपलिया |
कात्तिक १९, २०८० आइतबार २१:५७ बजे

काठमाडौँ- राधा माधव समिति नेपाल र डिभाइन युथ क्लव नेपालले भूकम्प पीडितहरूलाई संयुक्त रूपमा राहत सामग्री वितरण गरेका छन् ।

गत शुक्रबार राति जाजरकाेटमा गएकाे भूकम्पबाट घाइते भएकाहरूलाई राहत सामग्री वितरण गरिएकाे हाे । साथै भेरी नगरपालिका वडा नं ३ मा डिभाइन युथ क्लब नेपाल तथा स्थानीय युवाहरूको सहयोगमा निःशुल्क अन्नजल वितरण शिविर पनि राखिएको छ ।​​


जाजरकोट जिल्लामा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको सहयोगार्थ श्री राधा माधव समिति नेपाल हरसम्भव लागिपरेको समितिले बताएकाे छ ।

आज खलंगास्थित श्री राधा माधव समिति जाजरकोट केन्द्रको संयोजन तथा श्री राधा माधव समिति तुलसीपुरको सहयोगमा भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण गरिएको छ ।


Author

थप समाचार
x