भूकम्प पीडितलाई नागरिक उड्डयन प्राधिकरणको एक करोड
काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूकम्प पीडितलाई रु एक करोड राहत सहयोग गर्ने निर्णय गरेको छ ।
जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितलाई सहयोग स्वरूप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड जम्मा गर्ने आज निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।
भूकम्प पीडितलाई सहयोग स्वरूप रु एक करोड सहयोग गर्ने र नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने विमानको शुल्कमा सतप्रतिशत छुट दिने निर्णय पनि प्राधिकरणले गरेको छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया