समाज

भाटभटेनीका मालिक गुरुङद्वारा राहतकोषमा १ करोड ११ लाखको चेक हस्तान्तरण

इकागज |
कात्तिक २०, २०८० सोमबार १०:५० बजे

काठमाडौँ- भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्‍चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि घोषणा गरेको १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । सञ्‍चालक गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन् ।

गुरुङले पत्नी सावित्री गुरुङसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उनले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएकोसमेत प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । 


भाटभटेनीले यसअघिका भूकम्प, कोभिड, बाढीपहिरो लगायतका दैवी विपत्तिमा पनि मानवीय सहयोग गर्दै आएको छ । 

शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन्।


Author

थप समाचार
x