भूकम्पपीडितलाई शिवनाथ गाउँपालिकाको एकलाख २५ हजार सहयोग
काठमाडौँ- शिवनाथ गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरूलाई राहतस्वरूप आर्थिक सहयोग गर्ने भएको छ । बैतडीको शिवनाथ गाउँ कार्यपालिकाको बैठकले राहतस्वरुप १ लाख २५ हजार रुपैँया उपलब्ध गराउने निर्णय गरेको हो ।
राहतस्वरूप जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटलाई ७५ हजार र जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमलाई ५० हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।
विपद्को घडीमा सबै मिलेर काम गर्नुपर्ने भएकाले गाउँपालिकाको तर्फबाट सहयोग गरिएको अध्यक्ष साउदको भनाइ छ ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ । हालसम्म भूकम्पका कारण १५७ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, २४६ जना घाइते भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया