समाज

जाजरकोटमा फेरि भूकम्पकाे धक्का महसुस

इकागज |
कात्तिक २०, २०८० सोमबार १७:१ बजे

काठमाडौँ- जाजरकोटमा  फेरि भूकम्पको धक्का महसुस भएको छ । आज साेमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५ दशमलब ८ म्याग्निच्युटकाे भूकम्प गएकाे हाे । उक्त भूकम्पकाे धक्का काठमाडौँ उपत्यकामा पनि महसुस भएकाे छ ।


गत शुक्रबार राति ६ दशमलब ४ भूकम्प गएपछि त्यसको पराकम्म  जाने क्रम जारी रहेकाे छ ।


Author

थप समाचार
x