समाज

रुकुम पश्चिममा १६ हजार पाँच ७० घर पूर्ण रूपमा क्षतिग्रस्त

इकागज |
कात्तिक २०, २०८० सोमबार १७:४९ बजे

रुकुमपश्चिम -भूकम्पका कारण रुकुम पश्चिमका ६ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्यांक संकलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए । 

नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गरेको प्रारम्भिक तथ्यांकअनुसार सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ । 


समितिका अनुसार आठबीसकोट नगरपालिकामा सात हजार एक सय ४८ घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका तीन हजार एक सय ४६ घर पूर्ण रूपमा र सात सय २२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् । 

चौरजहारी नगरपालिकामा एक हजार नौ ८७ घर पूर्ण र चार हजार तीन सय ७४ घरमा आशिंक रूपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा दुई हजार तीन सय घर पूर्ण रूपमा र तीन हजार पाँच सय घरमा आशिंक क्षति पुगेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकामा एक हजार नौ सय ३५ घर पूर्ण र एक हजार दुई सय ५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र एक सय सात घरमा आंशिक क्षति पुगेको छ ।
रासस


Author

थप समाचार
x