समाज

भूकम्प पीडितलाई राहत सामग्री लिएर चिनियाँ सेनाको दुई विमान आउँदै

इकागज |
कात्तिक २२, २०८० बुधबार ८:२९ बजे

काठमाडौँ- भूकम्प पीडितको राहत लिएर चिनियाँ सेनाको जहाज आज नेपाल आउँदैछ । 

चीन सरकारले भूकम्प पीडितलाई दिने राहत सहयोग सामग्री लिएर आउने दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।


उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुग्दैछन् । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामग्री हस्तान्तरण गर्नेछन् ।

चीनले आफ्नो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामग्री नेपालले भने त्यहाँबाट कर्णाली पुर्‍याउनेछ । चिनियाँ सेनाको जहाजमा सामान आउने भनिए पनि त्यसलाई  ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९ बजे अवतरण गर्ने भनिएको छ ।

चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उड्नेछ ।


Author

थप समाचार
x