अर्थशास्त्री डा.गोविन्दबहादुर थापाको निधन
फाइल फोटो
काठमाडौँ : वरिष्ठ अर्थशास्त्री डा.गोविन्दबहादुर थापाको निधन भएको छ । कोभिड १९ संक्रमणबाट ग्रसित थापाको सोमबार राती काठमाडौँको बुढानिलकण्ठमा रहेको गंगालाल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
एक महिना पहिले कोभिड संक्रमण पुष्टि भएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । तर पछि अवस्था जटिल भएपछि गंगालालम भर्ना गरिएको थियो । झण्डै दुई हप्ता भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनको अवस्थामा सुधार आएको थिएन ।
डा.थापा विश्व बैंकका अतिरिक्त निर्देशक समेत भएका थिए । त्यसअघि उनी २०५१ सालमा भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा उनका आर्थिक सल्लाहकार थिए । त्यसपछि सुरेन्द्र पाण्डे र युवराज खतिवडा
अर्थमन्त्री हुँदा पनि उनी सल्लाहकार टिममा बसेर काम गरेका थिए ।
नेकपा एमालेको आर्थिक विभागमा थापा सचिव थिए । अध्यक्ष भने सुरेन्द्र पाण्डे थिए । आर्थिक विश्लेषणमा निरन्तर कलम चलाउने थापा चिनिएको अर्थशास्त्री हुन् । थापाको निधनबाट स्तब्ध भएको पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले बताए ।
‘उहाँले पार्टी भित्र होस वा बाहिर निरन्तर अर्थ क्षेत्रमा योगदान गर्नु भएको छ’ उनले इकागजसँग भने, ‘कोभिडले गर्दा बिरामी भएपछि धेरै कोसिस गरेका थियौँ । तर बचाउन सकेनौँ । हामी स्तब्ध छौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया