चीनले राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्यो
काठमाडौँ- चीनले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि ल्याइएका राहत सामग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेको छ।
उक्त राहत सामग्री उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गरेका हुन् । चीनले २६ करोड बराबरको बराबरको सामान हस्तान्तरण गरेको हो ।
भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हो ।
राहत सामग्री जिम्मा लिएसँगै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले नेपाल र चीनको सम्बन्ध सार्वभौमसत्ताको सम्मान र आपसी हितमा आधारित रहेको र संकटको बेलामा सधैँ साथ दिएको भन्दै चिनियाँ सरकारलाई धन्यवाद दिए ।
विमानमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेट सहितका सामग्री आएको छ । उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले पोखराबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुर्याउनेछ र सरकारले एकद्वार प्रणालीमार्फत पीडितहरूलाई वितरण गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया