समाज

नागरिक उड्डयन प्राधिकरणले भूकम्पपीडितलाई दियो एक करोड

इकागज |
कात्तिक २२, २०८० बुधबार १४:५३ बजे

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले भूकम्पपीडितका लागि एक करोडको चेक हस्तान्तरण गरेको छ । बुधबार प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्रीलाई आज बिहान एक करोड रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता जगन्नाथ निरौलाले दिए ।


जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी एक सय ५३ जनाको मृत्यु भएको छभने दुई सय ५० भन्दा बढी घाइते भएका छन् ।

घाइते तथा स्थानीय पीडितका लागि विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ ।

 


Author

थप समाचार
x