पत्रकार महासंघले भूकम्पपीडित सञ्चार संस्था र पत्रकारलाई राहत उपलव्ध गराउन पहल गर्ने
फाइल फोटो
काठमाडौँ - नेपाल पत्रकार महासंघले जाजरकोट केन्द्रबिन्दू भएर गएको भूकम्पबाट प्रभावित सञ्चार संस्था र पत्रकारलाई राहत उपलव्ध गराउन पहल गर्ने भएको छ ।
बुधबार काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति बैठकले भूकम्पबाट प्रभावित सञ्चार संस्था र पत्रकारलाई राहत उपलव्ध गराउन बैदेशिक शाखा र अन्य संस्थाहरुमार्फत पहल गर्ने निर्णय गरेको हो । संकलित राहत महासंघको केन्द्रीय समितिका पदाधिकारी र प्रभावित पत्रकारको विवरणका आधारमा बितरण गरिने महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
उनले भूकम्पका कारण दुई वटा सञ्चार संस्थाको भवन पूर्णरुपमा क्षति भएको र महासंघका दुई जना केन्द्रीय सदस्यलगाायत दर्जनौ पत्रकारहरुले वास गुमाएको जानकारी दिए । त्यसैगरि महासंघको बैठकले महासंघलाई लाञ्छना लगाएर कान्तिपुर मिडिया ग्रुपले निकालेको बिज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघप्रति लगाएको आरोप पुष्टि गर्न चूनौती दिएको महासचिव पुरीले बताए ।
महासंघले कान्तिपुर मिडिया ग्रुपका बिभिन्न संचारमाध्यमले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित समाचार पत्रकार आचारसंहिता बिपरीत भएको भन्दै प्रेस काउन्सील नेपालमा उजुरी गर्ने र कान्तिपुर विरुद्धको आन्दोलनलाई शसक्त बनाउने निर्णय गरेको महासचिव पुरीले जानकारी दिए । मेल
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया