समाज

जाजरकोटमा पुनः भूकम्पको धक्का

इकागज |
कात्तिक २२, २०८० बुधबार २०:३९ बजे

जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पुनः भूकम्पको धक्का गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैकं केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो।


जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यहाँ निरन्तर पराकम्प गइरहेको छ।


Author

थप समाचार
x