राष्ट्रपतिको स्वास्थ्य मन्त्रीलाई आग्रह - भूकम्पमा परी घाइते भएकाको उपचारमा ध्यानू
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन्।
राष्ट्रपति भवन शीतलमा आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले अस्पतालमा उपचाररत घाइतेहरूको ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्नेमा जोड दिएका थिए।
जाडोयामको प्रारम्भ अन्य रोगको प्रकोप बढ्नसक्ने भएकाले त्यसतर्फ पनि चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया