समाज

दुई किलो चाँदीका अवैध गहनासहित सर्लाहीबाट एक युवक पक्राउ

इकागज |
कात्तिक २३, २०८० बिहीबार २०:२९ बजे

फाइल तस्बिर

सर्लाही- सर्लाही प्रहरीले चाँदीका अवैध गरगहनासहित एक युवकलाई पक्राउ गरेको छ । भारतबाट लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा गरगहनासहित भारत सितामढी जिल्ला वसन्तपुर ग्राम पञ्चायत–७ का १९ वर्षीय लभ दासलाई प्रहरीले पक्राउ गरेको हो ।

साइकलमा आउँदै गरेका दासलाई मलंगवा–८ लच्कामा खानतलासी गर्दा उनको साथबाट १ किलो ९५० ग्राम चाँदीको तयारी गरगहना कम्मरमा बाँधेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । 


बरामद गहनामा ठूलो सिक्का, सानो सिक्का, हनुमानी, औँठी, पायल, ब्रासलेट, प्लेट, लक्ष्मी गणेशको मूर्ति र सिक्रीलगायतका सामग्री फेला परेको छ । उक्त चाँदीको गरगहनाको बजार मूल्य २ लाख ३२ हजार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।


Author

थप समाचार
x