समाज

यस वर्ष काठमाडौँ महानगरभित्र १ बजेसम्म देउसी भैलो खेल्न पाइने

इकागज |
कात्तिक २४, २०८० शुक्रबार ११:४५ बजे

काठमाडौँ-  यस वर्ष काठमाडौँ महानगरपालिकाले १ बजेसम्म देउसी भैलो खेल्न अनुमति दिएको छ । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै  महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरका नगरप्रहरीले  राती १  बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको बताएका छन् ।

‘सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन हार्दिक अनुरोध गर्छौ , सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौ,’ उनले भनेका छन् ।


विगतका वर्षमा कोभिड-१९  कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौँ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमति दिइएको थियो ।

 


Author

थप समाचार
x