पटका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा पर्ने
काठमाडौँ- नेपाल प्रहरीले पटका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा परिने गर्ने जनाएको छ ।
तिहार पर्वमा पटका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मको कार्य हुने भएपछि प्रहरीले सार्वजनिक सूचना निकालेर रोक लगाएको हो ।
पटका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, अंगभंग हुने र मानव स्वास्थ्यमै असर गर्ने भएकाले प्रयोग नगर्न प्रहरीले आग्रह गरेको हो ।
यस्ता विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्रीवितरण, र ओसारपसार नगर्न र गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने भन्दै प्रहरीले सचेत गराएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया