भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि अख्तियारका पदाधिकारीले सात दिनको तलब दिने
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि आफ्नो सात दिनको तलब सहयोग गर्ने भएका छन् ।
शुक्रबार एक विज्ञप्ति निकाल्दै आयोगका पदाधिकारीहरूको सात दिनको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जनाएको छ ।
‘आयोगका पदाधिकारीहरूको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
गत शुक्रबार राति आएको भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया