समाज

तिहार तथा छठ बिदामा आयोग खुला रहने

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १७:२८ बजे

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुल्ने भएका छन् । कार्यालय बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने छन् ।

आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झै यस वर्ष पनि तिहार र छठको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको कार्यालयका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।


यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ । रासस


Author

थप समाचार
x